पर्ख र हेरको अवस्थामा शेयर बजार, कारोबार रकममा कमी
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर सोमबार, २०७८ | १५:३४:०० मा प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गर्दै गर्दा शेयर बजारका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।
मौद्रिक नीतिले हालको तरलताको अवस्था, कर्जा निक्षेप अनुपात, ब्याजदर र शेयर धितोकर्जाको सीमाका बिषयमा केही लचकता अपनाउने आसामा लगानीकर्ता रहदा बिक्रीचाप समेत घटेको छ । जसले गर्दा सोमबारको बजार पनि सामान्य बढेको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहदा कारोबारमा भने कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा लगाउदैँ आएको ४/१२ को सीमामा राष्ट्र बैंकले केही लचकता अपनाउने आसा लगानीकर्तामा देखिएको छ ।
सोमबार नेप्से सूचक ७.९० अंकले बढेको २७६५.४४ अंकमा पुगेको छ । यसदिन २२५ कम्पनीको ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भयो। कारोबार रकम अघिल्लो दिनको भन्दा कम हो । आइतबार चार अर्ब बढीको शेयर किनबेच भएको थियो ।
यस दिन महालक्ष्मी विकास बैंकको सर्वाधि ३४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल दूरसञ्चार कम्पनीको पनि २९ करोडभन्दा बढीको शेयर कारोबार भयो ।
सोमबार मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेर कारोबार भएको छ । त्यसैगरी, चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.७५ प्रतिशत बढेको छ । एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य धेरै घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस