इलाममा पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरण
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर सोमबार, २०७८ | १४:११:०० मा प्रकाशित

इलाम । इलाममा पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ । विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको हाे ।
फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीन पटक परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिएका छन् ।
गत कात्तिक २७ गतेदेखि अनलाइन आवेदन खुला गरेपछि दिनहुँ करिब सयको हाराहारीमा प्रवेशपत्र वितरण गरिएको छ । हाललाई मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, एस्काभेटर, ट्याक्टर, व्याकहुँ लोडरको लाइसेन्स वितरण हुनेगरी कोटा प्राप्त भएको पनि उनले जनाए ।
विसं २०७१ मङ्सिरबाट सञ्चालनमा आएको कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण थालेपछि सेवाग्राही उत्साहित भएका छन्। यसअघि सवारी लाइसेन्स लिन महिनौं कुनुपर्ने पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने भएको छ। इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले सहजै सेवा लिन पाउने भएका छन् ।
यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीस्थित यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए । कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस