काठमाडौँमा भि आई टी एजेन्ट इन्फरमेसन सेसनको आयोजना
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर आइतबार, २०७८ | २०:२१:०० मा प्रकाशित
काठमाडाैँ। भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजी भि आई टी ले यसै साता काठमाडौंमा भि आई टी एजेन्ट इन्फरमेसन सेसनको आयोजना गरेको छ।
पोष्ट प्यान्डामीक सिच्वेसनको बारेमा सत्य तथ्य जानकारी गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजीका डिप्युटी जनरल म्यानेजर, इंटरनेशनल स्टूडेन्ट रिक्रूटमेंट इन्द्र अधिकारी, नेपालका लागि इंटरनेशनल रिक्रूटमेंट एग्जुकेटीभ फुर्बु टाशी लामा, शैक्षिक परामर्श व्यवसायी र शैक्षिक जगतका दीगज व्यक्ति, व्यक्तित्वहरूको उपस्थित रहेको थियो।
कार्यक्रममा भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजीका डिप्युटी जनरल म्यानेजर, इंटरनेशनल स्टूडेन्ट रिक्रूटमेंट इन्द्र अधिकारीले पोष्ट प्यान्डामीक सिच्वेसन, बोडर खुल्ने समाचार, नयाँ भर्ना प्रकृया, छात्रवृत्ति लगायतका विषयमा एजेन्टहरूलाई जानकारी गराए। उक्त कार्यक्रममा भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजीका बारेमा जानकारी गराउँदै आईशडि पी नेपालका डाइरेक्टर भूपेन्द्र सिटौलाले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
लिटिल एन्जल्स् कलेज अफ मेनेजमेन्टका प्रिन्सिपल डाक्टर मित्र बन्धु पौडेलले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित बनाउँदै लैजानका लागि उत्प्रेरणा प्रदान गरेका थिए। कार्यक्रमको अन्त्यमा विद्यार्थी भर्ना प्रक्रिया, जि टी इ र छात्रवृत्तिका बारेमा प्रश्न उत्तर गरीएको थियो।
आई डि पी नेपालका डाइरेक्टर सिटौलाले अन्तमा लिटिल एन्जल्स् कलेज अफ मेनेजमेन्टका प्रिन्सिपल डाक्टर मित्र बन्धु पौडेललाई मायाको चिनो प्रदान गरे।
भि आई टी एजेन्ट इन्फरमेसन सेसन सँगसँगै भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजी टिम काठमाडौँका एजेन्ट र उपत्यका बाहिरका शैक्षिक परामर्श केन्द्रहरूमा पनि भ्रमण गर्ने योजना रहेको भिक्टोरीयन इन्स्टिच्युट अफ टेक्नोलोजी नेपालका लागि इंटरनेशनल रिक्रूटमेंट एग्जुकेटीभ फुर्बु टाशी लामाले जानकारी गराए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस