स्वास्थ्य

देशभर २३८ जना कोभिड संक्रमित थपिए, एकजनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३८ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।त्यस्तै आज ३७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै आज ३७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकामा थपिए १३० जना

काठमाडौं उपत्यकामा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन् ।

 

गाउँ सहर संवाददाता