गाउँ सहर

द्वन्द्वकालका मानवता बिरोधी घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौं : ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन् ।

ओलीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य विधिबाट स्मरण, सम्मान र औषधोपचार सहितको परिपूरणको व्यवस्था गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्ने आफूहरुको धारणा रहिआएको स्पष्ट पारेका हुन् । 

विज्ञप्ति

विक्रम सम्बत २०५२ सालदेखि एक दशकसम्म हाम्रो मुलुकले तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको हिंसात्मक संघर्ष र त्यसपछि सिर्जित सशस्त्र द्वन्द्वको सामना गर्नु प¥यो । उक्त द्वन्द्वलाई स्थायी रूपमा समाधान गरी शान्ति स्थापनाद्वारा मुलुकको राजनीतिक–सामाजिक–आर्थिक रूपान्तरण हेतु अनुकूल वातावरण निर्माण गर्न नेपाली जनताको ०६२-०६३ को जनआन्दोलनको सफलतापश्चात् नेपाल सरकार र नेकपा माओवादीबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १५ वर्ष पूरा भएको छ । यस अवसरमा नेपाली जनताको सुख र समृद्धिको एकमात्र अभिप्राय राखी विभिन्न राजनीतिक संघर्षहरूमा जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । परिवर्तनको सपनालाई साकार तुल्याउन अनेक आन्दोलनमा सहभागी हुँदा आफन्त र प्रियजन गुमाउने परिवार, घाइते तथा यातना भोग्न बाध्य बनाइएका योद्धाहरूको योगदानको स्मरण गर्दै हाम्रो पार्टी नेकपा एमालेका तर्फबाट श्रद्धा र सम्मान प्रकट गर्दछु ।  

 

विस्तृत शान्ति सम्झौताद्वारा रेखांकित नेपालको शान्ति प्रक्रियाका कार्यभार असाध्यै महत्वपूर्ण र दूरगामी थिए । तत्कालीन नेकपा माओवादीसँग रहेका हतियार र लडाकुहरूको व्यवस्थापन गरी जनताद्वारा निर्वाचित संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने हाम्रो प्रारम्भिक कार्यभार २०७२ साल आश्विन ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै सम्पन्न भएको छ । हाम्रो संविधानले नेपालको राजनीतिक परिवर्तनमा योगदान गर्ने अग्रजहरू, अमर शहीद तथा द्वन्द्वपीडितका योगदानलाई सम्मान गरेको छ । द्वन्द्वका कारण उत्पन्न पुराना घाउहरूमा मल्हमपट्टी गर्दै द्वन्द्वका ठोस कारणको खोजी गरी तिनको यथोचित सम्बोधनद्वारा भविष्यमा द्वन्द्व नदोहोरिने अवस्था सुनिश्चित गर्नुपर्ने हाम्रो कार्यभार पूरा हुन अद्यापि बाँकी नै छ । संविधानका अक्षरमा अङ्कुरित यस भावनालाई नागरिकको जीवनमा अभिव्यक्त हुनेगरी कार्यान्वयन गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सकिन्छ भन्नेमा हाम्रो पार्टी विश्वस्त रहेको छ । 

निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र पुनस्र्थापना गर्ने २०४६ को जनआन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने २०६२-६३ को शान्तिपूर्ण जनआन्दोलन तथा संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक मोडहरूमा नेकपा एमालेले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षमा रहँदासमेत हामीले नेपाली जनताको जीवनमा सकारात्मक रूपान्तरणको कार्यसूचीलाई प्राथमिकतामा राखेका छौं । 

विक्रम सम्बत २०७२ सालमा सरकारको नेतृत्व गर्दा होस् वा २०७४ सालको आमनिर्वाचन पश्चात् हामीले सरकारको नेतृत्व गरेको समयमा, विभिन्न राजनीतिक आन्दोलनमा जीवन बलिदान गर्ने व्यक्तित्वहरूलाई विस्तृत शान्ति सम्झौताको मार्गदर्शन बमोजिम शहीदको सम्मान प्रदान गरिएको यथार्थ म यस अवसरमा स्मरण गर्न चाहान्छु । संक्रमणकालीन न्यायका क्षेत्रमा बाँकी रहेका कामलाई सम्पन्न गर्ने उद्देश्य राखी हाम्रो नेतृत्वको सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐनमा सर्वोच्च अदालतको आदेश अनुरुप संशोधन गर्न देशव्यापी परामर्श गर्नुका साथै सत्य निरूपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगको कार्यकाल थपसहित पदाधिकारीहरू बहाल गरी संरचनात्मक व्यवस्थापनका कामहरू गरेको पनि म स्मरण गर्न चाहन्छु । द्वन्द्वबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गर्न हामीले सरकारमा रहँदा सचेत प्रयत्न गर्‍यौं । यद्यपि द्वन्द्वमा प्रत्यक्ष संलग्न राजनीतिक पक्षहरूको अनिच्छा र परस्पर विरोधी अडानका कारण धेरै विषयहरू चाहेर पनि सम्बोधन गर्न नसकिएको विषय म यस अवसरमा स्पष्ट गर्न चाहन्छु ।

संक्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गर्ने सम्बन्धमा हाम्रो पार्टीका स्पष्ट धारणाहरू सरकारमा रहँदा वा नरहँदा निरन्तर एकै प्रकारले अभिव्यक्त भइरहेका छन्, जसलाई म पुनः आज बुँदागत रूपमा राख्न चाहन्छु । सर्वप्रथम, हामी सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा छौं । दोस्रो, हामी द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौं । तेस्रो, नेपालको शान्ति प्रक्रिया हाम्रो घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको यथार्थलाई आत्मसात गर्दै हामी संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पु¥याउनुपर्ने मान्यता राख्दछौं । र, चौथो, द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य विधिबाट स्मरण, सम्मान र औषधोपचार सहितको परिपूरणको व्यवस्था गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्ने हाम्रो धारणा रहिआएको छ । नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउने र सद्भाव राख्ने अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर संक्रमणकालीन न्यायलाई सर्वाङ्गीण विधिद्वारा सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु हाम्रो साझा दायित्व हो भन्ने विषयमा हामीभित्र कुनै द्विविधा छैन । 

संविधानको मार्गनिर्देशन अनुरूप समृद्ध राष्ट्रको निर्माण गर्दै समाजवाद तर्फको यात्रा अब हाम्रो साझा संवैधानिक दायित्व बनेको छ । यस महत्वपूर्ण अवसरमा नेकपा एमाले विगतको द्वन्द्वबाट समग्रतामा शिक्षा लिंदै भविष्यमा फेरि द्वन्द्व नदोहोरिने सुनिश्चितताको लागि सत्य, परिपूरण र न्याय जस्ता संक्रमणकालीन न्यायका सबै अवयवहरुको पूर्ण प्रत्याभूतिको लागि दृढ संकल्पित रहेको तथ्य पुनः स्पष्ट गर्न चाहन्छु । 

केपी शर्मा ओली 

अध्यक्ष 

५ मंसीर  २०७८    

 

#केपी शर्मा ओली#शान्ति सम्झौता

गाउँ सहर संवाददाता

Bhim Rai Lueen लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:३१ pm

काका फेरि जेल जाने भो

कुलुङ जय हाेदिबु लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:३० pm

निहत्था धर्म ढकाल मार्ने लाई सोधौ।

Ram Prasad Pandeya लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:३० pm

आतङकारी लाइ कार्रवाई गर

Lb Sunchuri लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:२९ pm

Timilai karbahi hunu paexa , pahila Graham mantri huda narasanhar gareka thiyeu....

Damber Poudel लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:२८ pm

नेपालमा पहिलाे पटक धर्म सापकाेटालाई खाना खाँदै गर्दा २०२८ सालमा घाँटी रेट्नेलाई कार्वाही कहिले हुने हाे?

Prem Raj Joshi लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:२८ pm

यो उखाने बेक्ती हत्याको कारण जेल गयको थियो यस्लाइ माफी दिने त्यो सरकार मुर्दाबाद !!

Bagbir Paija लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:२५ pm

Yestaa manchhe ko anuhar dekhnu naparos

Tirtha Bahadur Pun लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:२४ pm

मदन भन्दारी को हत्यारा केपि लाई दिनु हुदैन।

Kumar Gautam लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:२४ pm

धर्म ढकाल लाई गिड़्ने फटा लाई चाहि के गर्नु पर्छ चुतिया?

Raj Nanda Lingden लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:२३ pm

आम माफी भएना भने तै जाकिन्छस धेर नेपाली जनता मार्ने मा आफू पर्छओ

Kamal Prasad Adhikari लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:२३ pm

तिम्रो जस्तो कुखुरा चोरेको अभियोग लुकाउन धर्म ढकाल मारे जस्तो हैन दश बर्शे महान जनयुद्ध एउटा ब्यबस्थाका बिरुद्ध भएको लडाइँ थियो त्यो जसको बलमा २४० बर्शे राजतन्त्रको समुल अन्त्य भएर गणतन्त्र स्थपना भैसकेको हलको परिप्रेक्षमा यो कुरा उठाउनु भनेको ब्यबस्था माथी नै प्रहार हो ए ओलिका भिल्ला हो राज्तन्त्र चाहिने भए सिधै कमल थापाको पार्टीमा गए हुन्छ नत्र यत्रको नातक गर्छौ ओलिलाइ साथ दिएर कदापी देशभक्त होइन्न राष्ट्रघाती अपराधी नै बन्ने हो।

बिबेक घिसिङ लेख्नुहुन्छ ६ मङ्सिर, २०७८ ४:२२ pm

संकट कालमा लुटेर जग्गा जमिन नभएकोहरुले कहाँबाट कसरी जमिनको मालिक भए । त्यो सबै नेपाल सरकारले सरकारको मातहतमा राखि कब्जा गर्नु पर्छ।

तपाईँको मत