खेल
हिमालयन र संकटा बराबरी
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर शनिबार, २०७८ | १७:१६:०० मा प्रकाशित
काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गर्दै अंक बाँडेका हुन् ।
६० मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए पनि हिमालयन शेर्पाका त्रिदेव गुरुङले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे थ्री स्टार र च्यासल युथ क्लब खेल्दैछन् ।
हिजोदेखि सुरु भएको लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लब सहभागी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस