अर्थतन्त्र

अझै सबै तहमा पुग्न सकेनन् वाणिज्य बैंक, एकवर्षमा केवल दुई शाखा मात्रै विस्तार

काठमाडौँ । पछिल्लाे वर्ष वाणिज्य बैंकका दुइवटा शाखामात्र विस्तार भएका छन् । कुल ७५३ स्थानीय तहमध्ये २०७८ असोजसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका हुन् । २०७७ असोजसम्म ७४८ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ असोज मसान्तमा १३२ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी, ६९ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १०,६८३ रहेकोमा २०७८ असोज मसान्तमा ११,०३९ पुगेको छ ।

गाउँ सहर संवाददाता