गाउँ सहर
काठमाडाैंकाे माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | ११:१३:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौंको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकार रहेका छन् । मृतक मल्लिकार मोटरसाइकलमा पछाडी सवार थिए । शुक्रबार बिहान साढे २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल राति नै मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७ ७१ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे अनियन्त्रित भई पल्टिएको हो । मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस