कांग्रेसको १४औँ महाधिवेशन : प्रदेश सभा क्षेत्रीय अधिवेशन आज
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | ०७:५८:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा शुक्रबार प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सयभन्दा बढी प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ अधिवेशन गर्ने काँग्रेसको कार्यतालिका छ । कुल ३३० प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले देशभर अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिए । निर्वाचनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ । प्राविधिक कारणवश कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पनि मङ्सिर ४ वा ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुँदैछ ।
हालसम्म कांग्रेसले १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस