सिटिजन लाइफ इन्स्योरेन्स भैरहवा शाखाद्वारा मृतकको परिवारलाई दाबी भुक्तानी
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | १७:१७:०० मा प्रकाशित
काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा शाखा कार्यालयले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ ।
कम्पनीले नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १२ हर्कपुर निवासी स्व. गोविन्द बस्नेतको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको हो ।
उनको मृत्यु असोज २० भएको थियो । बीमा दाबी वापतको १० लाख ५० हजार रुपैयाँ उनको श्रीमती विष्णुदेवी पराजुलीलाई हस्तान्तरण गरेको जनाएको छ ।
उनले २०७८ साल अषाढ १४ गते १० लाख रुपैयाँ बीमाङकको बीमा गरेका थिए । उक्त रकम स्थानीय वासी, उद्योगी, सामाजिक प्रतिष्ठत व्याक्तित्वहरुको उपस्थितिमा भैरहवा एरिया प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, परासी शाखा प्रमुख दिपक थापा क्षेत्री, कावासोती शाखा प्रमुख जगत राम ढकाल, सिनिएर एजेन्सी म्यानेजर रिता पाण्डे, वार्ड नं. १२ का वडा अध्यक्ष थिर बहादुर थनेत र एजेन्सी म्यानेजर अनिता मल्लले हस्तान्तरण गरेका हुन् ।
मृतक बस्नेतकी श्रीमतीले कम्पनीले मृत्यु दाबी भुक्तानी समयमा नै उपलब्ध गराई परिवारलाई राहत दिएकोमा कम्पनीलाई धन्यवाद दिइन् ।
कार्यक्रममा कम्पनीका भैरहवा एरिया प्रमुख नरेश सिग्देलले बीमा बचत र सुरक्षा मात्र नभई कम्पनीप्रतिको विश्वास पनि हो र यस विश्वासलाई अझ मजबुद बनाउनका लागि सफल भएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस