फरार अभियुक्तहरू पक्राउ
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले फरार अभियुक्तहरूलाइ पक्राउ गरेकाे छ । मोरङ बुढीगंगा गाउँपालिका-६ बस्ने धनकुटा पाख्रीवास नगरपालिका-४ घर भएका २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ बस्ने २४ वर्षीय ईश्वर लिम्बु, सोही ठाउँ बस्ने २० वर्षीय सुदिप उराउ र १८ वर्षीय किशोर रहेका छन् ।
गत कात्तिक २८ गते राति धारिलो हतियार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।
उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस