गाउँ सहर

काेराेना अपडेट : पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् । १११५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ भने २६० जना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार अहिले देशभर ७६४२ जना सक्रिय संक्रमित रहेका छन् । 

 

 

 

गाउँ सहर संवाददाता