किर्तेलाई कर्जा - किसानलाई छैन, कति प्रयाेग-बेप्रयाेग पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा ?
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | ०९:२५:०० मा प्रकाशित
काठमाडाैँ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को तीन महिनाको तथ्याङ्कमा आधारित) अनुसार नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ असोज मसान्तमा रु.११९ अर्ब ३५ करोड लगानीमा रहेको देखाएकाे छ ।
राष्ट्र बैंकका अनुसार २०७८ असोज मसान्तसम्ममा १ लाख २९ हजार ६ सय ८० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१९८ अर्ब ९२ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५३ हजार ७ सय ८५ ऋणीलाई प्रवाह भएको रु.१२६ अर्ब ८१ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ७८ महिला उद्यमीलाई प्रवाह भएको रु.६८ अर्ब ३२ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय १७ ऋणीको रु.३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।
“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ असोज मसान्तसम्ममा रु.१ अर्ब ५ करोड स्वीकृत भएको उसले जनएकाे छ ।
राष्ट्र बैंकले याे तथ्यांक बताइरहँदा खेती गरिरहेका किसान बाटाे नभएर कर्जा नपाएकाे गुनासाे गरिरहेका छन् भने अर्थमन्त्री बैंकहरूलाई देउ भनेर भनिरहेका छन् । बैंकहरूले माैद्रिक नीति मानेकाे पनि देखिँदैन । उनीहरू दह्राे जमानी र धिताेबेगर कर्जा प्रवाह गर्न अन्कनाइरहेका छन् । शैक्षिक प्रमाणपत्र राखेर कर्जा दिनुकाे साटाे किर्ते गरेका कागजातलाई सक्कली बनाई कर्जा प्रवाह गरिरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस