सवारी दुर्घटनामा चार जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | १३:१७:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौं, रामेछाप र मकवानपुरमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४ कलंकी खसी बजारमा प्र.३–०१–००५ ख ९३०० नम्बरको बसले प्र.३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक ३५ वर्षीय राम बहादुर आचार्य र स्कुटरमा सवार ललितपुर इमाडोल बस्ने ५२ वर्षीय यादव कुँवर रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै रामेछापको लिखुतामाकोशी गाउँपालिका–१ बसेरीमा ना.६ त ७२८४ नम्बरको ट्याक्टर मंगलबार साँझ सडकबाट करिब ५५ मिटर तल खस्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५४ वर्षीय उद्धव राज पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेट नजिक सडकमा ना.३ च ११९३ नम्बरको गाडीले ना.३४ प ६०४४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री प्रचण्डले पाए प्रतिनिधि सभामा विश्वासको मत
- यस्तो छ स्ववियु निर्वाचनको नतिजा
- शेयर बजार : एक अर्ब बढीको कारोबारमा २२ अंकले बढ्यो नेप्से
- प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने : एमाले उपनेता नेम्वाङ
- संसद प्रत्यक्ष प्रशारण : प्रधानमन्त्रीले विश्वासको मत लिँदै
- विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक
- घट्यो सुनको मूल्य, १ लाख ९ हजार ३०० रुपैयाँ कायम
- प्रहरीका ५ जना डीआईजी बढुवा गर्ने सिफारिस, मन्त्रिपरिषद्ले सदर
- नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ र निवर्तमान उपराष्ट्रपति पुनलाई बिदाइ
- प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदै
प्रतिकृया दिनुहोस