टेलिकमले पहिलो त्रैमाससम्ममा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्याे
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १२:०८:०० मा प्रकाशित
काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १३.२० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ८.३९ प्रतिशत बढेको छ ।
खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० रुपैयाँ ४७ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा १९ रुपैयाँ ७९ पैसा बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.९६ गुणा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस