गाउँ सहर

आठ जुवाडे पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-७ गंगाहिटी चाबहिलस्थित टहरोमा पाँचथर घर भएका ३७ वर्षीय सुजन लिम्बुले संचालन गरेको खुकुरी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सुजन लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । नगद १ लाख १८ हजार २ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ । 

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

गाउँ सहर संवाददाता