रौतहटमा कार दुर्घटना हुँदा चार जना भारतीयकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | ०८:००:०० मा प्रकाशित

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जना भारतीयकाे मृत्यु भएको छ ।
गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग अन्तर्गत यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति १० बजेतिर यूके १२सी २९०० भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, एसपी बिनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।
कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।
मृत्यु हुनेहरुको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको घिमिरेले बताए ।
दुर्घटनाग्रस्त भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालेका छन्। मदिरा सेवन गरेर गाडी चलाएकोले तीव्र गतिमा आउँदै गरेको कार दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाको विषयमा गहन रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस