'अरु हामी जान्दैनौ, पेट्रोलियम प्रदार्थको मूल्यबृद्धि मान्दैनौ' भन्दै आयल नियम कार्यालय घेराउ
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १३:२०:०० मा प्रकाशित

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी सङ्गठनले टेकुमा रहेकाे नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
आज बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी सङ्गठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन् ।
आम नागरिक र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै उनीहरुले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामाकाे माग गर्दै नाराबाजी गरेका थिए ।
उनीहरूले 'अरु हामी जान्दैनौ पेट्रोललियम प्रदार्थको मूल्यबृदि मान्दैनौ' भन्दै नारा लगाएका थिए ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)मा आबद्ध अनेरास्ववियुसहितका विद्यार्थी सङ्गठनका नेताहरुले विराेध प्रदर्शन गरेका हुन् ।
पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि सरकारविरुद्धको आन्दोलन गरिरहेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस