'अरु हामी जान्दैनौ, पेट्रोलियम प्रदार्थको मूल्यबृद्धि मान्दैनौ' भन्दै आयल नियम कार्यालय घेराउ
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १३:२०:०० मा प्रकाशित
काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी सङ्गठनले टेकुमा रहेकाे नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
आज बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी सङ्गठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन् ।
आम नागरिक र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै उनीहरुले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामाकाे माग गर्दै नाराबाजी गरेका थिए ।
उनीहरूले 'अरु हामी जान्दैनौ पेट्रोललियम प्रदार्थको मूल्यबृदि मान्दैनौ' भन्दै नारा लगाएका थिए ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)मा आबद्ध अनेरास्ववियुसहितका विद्यार्थी सङ्गठनका नेताहरुले विराेध प्रदर्शन गरेका हुन् ।
पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि सरकारविरुद्धको आन्दोलन गरिरहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस