गाउँ सहर

प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार हामी सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिन्छौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी आइतबार पनि सर्वोच्च अदालतमा धर्ना दिने आन्दोलनरत नेपाल बार एशोसिएसनले जनाएकाे छ ।

बारको आह्वानमा कानुन व्यवसायीहरुले अाज सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा मूल गेट छलेर अदालत प्रवेश गरेका थिए ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताएका छन् ।

आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उनले बताए । आइतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै उनले भने, ‘हामी सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिन्छौं ।

 

 

 

गाउँ सहर संवाददाता