काठमाडाैँमात्र ५०० बढी संक्रमित जिल्ला, १२ हजार माथिकाे परीक्षण गर्दा ३१७ संक्रमित, थप ६ काे निधन
- गाउँ सहर संवाददाता
- २५ कार्तिक बिहीबार, २०७८ | १६:४४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ६५३ को परीक्षण हुँदा ३१७ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २७९ छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ९८ छ ।
देशमा सक्रिय संक्रमितको संख्या सात हजार ५३५ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ७४ लाख ८५ हजार ११० छ । पछिल्लो समय चार हजार ५१६ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.२ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७७.४ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु एक छन् भने २०० माथि संक्रमित रहेका १० जिल्लाहरु छन् ।
तर मुगु र हुम्ला शुन्य संक्रमित रहेका जिल्ला बनेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस