काठमाडाैँमात्र ५०० बढी संक्रमित जिल्ला, १२ हजार माथिकाे परीक्षण गर्दा ३१७ संक्रमित, थप ६ काे निधन
- गाउँ सहर संवाददाता
- २५ कार्तिक बिहीबार, २०७८ | १६:४४:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ६५३ को परीक्षण हुँदा ३१७ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २७९ छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ९८ छ ।
देशमा सक्रिय संक्रमितको संख्या सात हजार ५३५ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ७४ लाख ८५ हजार ११० छ । पछिल्लो समय चार हजार ५१६ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.२ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७७.४ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु एक छन् भने २०० माथि संक्रमित रहेका १० जिल्लाहरु छन् ।
तर मुगु र हुम्ला शुन्य संक्रमित रहेका जिल्ला बनेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
प्रतिकृया दिनुहोस