वातावरण

देशैभर चिसाे बढ्याे, आज एकदुई स्थानहरुमा हल्का हिमपात हुने

काठमाडाैँ । आज २०७८ कार्तिक २२ गते (सोमबार) दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता