पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- १९ कार्तिक शुक्रबार, २०७८ | २०:१४:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षणमा ९ जना गरी जम्मा १८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या ९ लाख ४ हजार ८०४ पुगेको छ ।
थप ६५९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ९४ हजार ४३८ जना सङ्क्रमणमुक्त भएका हुन् । कारोना निको भएको दर ९७.६ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ४१३ रहेका छन् । जसमध्ये ७ हजार ७६३ होम आइसोलेशनमा रहेका छन् भने ६५० संस्थागत आइसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस