स्वास्थ्य

५१ लाख १३ हजार ७५८ को परीक्षण गर्दा ९ लाख ८ हजार ५५४ संक्रमित, २२३ सघन र ५९ जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ११३ को परीक्षण भएको छ हुँदा ४४७ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ९ लाख ८ हजार ५५४ पुगेको छ ।

अहिलेसम्मका संक्रमितमध्ये २२३ सघन र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा ४३९ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या १२१ छ ।

देशमा सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ । अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ७३ लाख ८१ हजार २०२ छ । मन्त्रालयका अनुसार संक्रमण दर १८.३ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७६ रहेको छ ।

अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ३ छन् भने २०० माथि संक्रमित रहेका ९ जिल्लाहरु छन् । तर मुगु र हुम्ला शुन्य संक्रमित रहेका जिल्ला बनेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत