गाउँ सहर

देशैभर चिसाे बढ्दैः जुम्लामा माइनस शुन्य दशमलब दुई डिग्री, सिमरा र जनकपुर दिउँसाे तातै

काठमाडाैँ । पछिल्लाे समय देशैभर चिसाे बढ्दै गएकाे छ । साेमबार जुम्लामा माइनस शुन्य दशमलब दुई डिग्री मापन गरिएकाे छ भने सिमरा र जनकपुर दिउँसाे तातै छन भने राति तिपनि चिसिन थालेका छन् ।

जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एकदुई  स्थानहरुमा हल्का वर्षाको सम्भावना  रहेको  छ  भने  उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा  हल्का  वर्षाको  सम्भावना  रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक  वा दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसले के देखाउँछ भने जाडाे सुरू भइसकेकाे छ र यसकाे मात्रा क्रमशः बढ्दै जाने माैसमविद् हरूले बताएका छन् ।

देश, कहाँ/कति तापक्रम ?

गाउँ सहर संवाददाता