काेराेनाका सिकिस्त बिरामी ७५ हजार ३८८, विश्व क्रमशः तङ्ग्रँदै
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | ०७:५३:०० मा प्रकाशित
काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन् ।
वर्ल्डाेमिटर डट इन्फाे काेराेनाभाइरसको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७७ हजार ६९५ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ४८२ संक्रमितको मृत्यु भएको छ ।
थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७४ हजार २६, बेलायतमा ४३ हजार ९४१, रुसमा ३६ हजार ५८२, टर्कीमा २६ हजार ८९६, ब्राजिलमा १७ हजार १८४ र भारतमा १६ हजार ३४२ जना छन् ।
मृत्यु हुनेमा अमेरिकामा एक हजार ४६९, रुसमा एक हजार १२३, भारतमा ७३४, ब्राजिलमा ४३३, टर्कीमा २१० र बेलायतमा २०३ जना छन् ।
संक्रमणमुक्त हुनेमा अमेरिकामा ७३ हजार १९७, बेलायतमा ३३ हजार ९०५, टर्कीमा ३० हजार ५४२, रुसमा २९ हजार १५१, ब्राजिलमा २१ हजार २०९ र भारतमा १७ हजार ४७ जना छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
विश्वमा काेराेनाका कारण अहिलेसम्म ४९ लाख ८७ हजार ७६७ जनाकाे ज्यान गइसकेकाे छ भने यसका सिकिस्त बिरामी अहिले ७५ हजार ३८८ छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस