काेराेनाका सिकिस्त बिरामी ७५ हजार ३८८, विश्व क्रमशः तङ्ग्रँदै
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | ०७:५३:०० मा प्रकाशित

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन् ।
वर्ल्डाेमिटर डट इन्फाे काेराेनाभाइरसको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७७ हजार ६९५ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ४८२ संक्रमितको मृत्यु भएको छ ।
थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७४ हजार २६, बेलायतमा ४३ हजार ९४१, रुसमा ३६ हजार ५८२, टर्कीमा २६ हजार ८९६, ब्राजिलमा १७ हजार १८४ र भारतमा १६ हजार ३४२ जना छन् ।
मृत्यु हुनेमा अमेरिकामा एक हजार ४६९, रुसमा एक हजार १२३, भारतमा ७३४, ब्राजिलमा ४३३, टर्कीमा २१० र बेलायतमा २०३ जना छन् ।
संक्रमणमुक्त हुनेमा अमेरिकामा ७३ हजार १९७, बेलायतमा ३३ हजार ९०५, टर्कीमा ३० हजार ५४२, रुसमा २९ हजार १५१, ब्राजिलमा २१ हजार २०९ र भारतमा १७ हजार ४७ जना छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
विश्वमा काेराेनाका कारण अहिलेसम्म ४९ लाख ८७ हजार ७६७ जनाकाे ज्यान गइसकेकाे छ भने यसका सिकिस्त बिरामी अहिले ७५ हजार ३८८ छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस