वीर अस्पतालमा बन्द रहेको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु
- गाउँ सहर संवाददाता
- १० कार्तिक बुधबार, २०७८ | ०७:५५:०० मा प्रकाशित
काठमाडाैं । काेराेना महामारीपछि वीर अस्पतालमा पूर्ण रूपमा बन्द रहेको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ । डेढ वर्षदेखि बन्द रहेको प्रत्यारोपण सेवा मंगलबारदेखि सुरु गरिएको हो । सिरहाका ५० वर्षीय एक पुरुषको मिर्गौला प्रत्यारोपण गरेर अस्पतालले सेवा सुरु गरेको जनाएको छ ।
डायलाइसिस गराइरहेका ती पुरुषलाई उनकी ४९ वर्षीया श्रीमतीले मिर्गौला दिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । कोरोना महामारी सुरु भएपछि प्रभावित बनेको मिर्गौला प्रत्यारोपण सेवा भक्तुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मात्र भइरहेको थियो ।
संक्रमणको जोखिम नियन्त्रण हुँदै गए पनि प्रत्यारोपण सेवा सञ्चालन हुँदै आएका त्रिवि शिक्षण अस्पताल र वीरमा यो सेवा बन्द थियो । सरकारी अस्पतालमा निःशुल्क डायलाइसिस र प्रत्यारोपण हुने भए पनि मिर्गौला फेल भएका बिरामी महिनौँ पालो कुर्न बाध्य थिए ।
अस्पतालले हरेक मंगलबार एकजनाको मिर्गौला प्रत्यारोपण गरिने जनाएको छ । वीरमा मिर्गौला प्रत्यारोपणका लागि धेरै भिड नरहेकाले साताको एक दिन मात्रै राखिएको अस्पतालले जनाएको छ । वीर अस्पतालमा हाल ७० जना बिरामीले नियमित डायलाइसिस गराइरहेका छन् । यस्तै अस्पतालले कोभिड, एचआइभी र हेपाटाइटिस बी संक्रमितलाई समेत डायलाइसिस सेवा दिँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस