वीर अस्पतालमा बन्द रहेको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु
- गाउँ सहर संवाददाता
- १० कार्तिक बुधबार, २०७८ | ०७:५५:०० मा प्रकाशित

काठमाडाैं । काेराेना महामारीपछि वीर अस्पतालमा पूर्ण रूपमा बन्द रहेको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ । डेढ वर्षदेखि बन्द रहेको प्रत्यारोपण सेवा मंगलबारदेखि सुरु गरिएको हो । सिरहाका ५० वर्षीय एक पुरुषको मिर्गौला प्रत्यारोपण गरेर अस्पतालले सेवा सुरु गरेको जनाएको छ ।
डायलाइसिस गराइरहेका ती पुरुषलाई उनकी ४९ वर्षीया श्रीमतीले मिर्गौला दिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले जानकारी दिए । कोरोना महामारी सुरु भएपछि प्रभावित बनेको मिर्गौला प्रत्यारोपण सेवा भक्तुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मात्र भइरहेको थियो ।
संक्रमणको जोखिम नियन्त्रण हुँदै गए पनि प्रत्यारोपण सेवा सञ्चालन हुँदै आएका त्रिवि शिक्षण अस्पताल र वीरमा यो सेवा बन्द थियो । सरकारी अस्पतालमा निःशुल्क डायलाइसिस र प्रत्यारोपण हुने भए पनि मिर्गौला फेल भएका बिरामी महिनौँ पालो कुर्न बाध्य थिए ।
अस्पतालले हरेक मंगलबार एकजनाको मिर्गौला प्रत्यारोपण गरिने जनाएको छ । वीरमा मिर्गौला प्रत्यारोपणका लागि धेरै भिड नरहेकाले साताको एक दिन मात्रै राखिएको अस्पतालले जनाएको छ । वीर अस्पतालमा हाल ७० जना बिरामीले नियमित डायलाइसिस गराइरहेका छन् । यस्तै अस्पतालले कोभिड, एचआइभी र हेपाटाइटिस बी संक्रमितलाई समेत डायलाइसिस सेवा दिँदै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस