काठमाडौं । काठमाडौंको बोहराटारमा एक जनाडाक्टरको घरमा वीर अस्पतालकी स्टाफ नर्स मृत फेला परेकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा शव भेटिएको हो ।
उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। ‘हिजो शव फेला परेको हो ।
उनीहरू दुबै जना अविवाहित हुन्। मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन। उनीहरूबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस