वीर अस्पतालद्वारा ओपीडी सेवा आजदेखि बिहान ८ बजेदेखि नै सञ्चालन
- गाउँ सहर संवाददाता
- १ श्रावण सोमबार, २०८० | ०८:०१:०० मा प्रकाशित

काठमाडौं । वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी कार्यान्वयनमा आउन लागेको हो।
दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।
साउन १ गतेदेखि बिरामीले बिहानै ७ बजेदेखि टिकट लिने व्यवस्था गरिएको हो । अपराह्न साढे २ बजेसम्म टिकट लिन पाइने छ । त्यस्तै स्वास्थ्यकर्मीले बिहान ९ बजेभन्दा अगावै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था गरिएको डा। पौडेलले जानकारी दिए ।
शल्यक्रिया सेवा पनि बिहान ८ बजेदेखि नै सुरु गर्नेरगराउने भन्दै डा। पौडेलले सबै विभाग, युनिट, शाखा र वार्डमा परिपत्र गरेका छन् । बहिरंग सेवा बिहान ९ बजेभन्दा अघि नै सुचारु हुने जनाइएको छ ।
वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीका लागि ई–हाजिरी अनिवार्य गरिएको छ । ओपीडी सेवाका कर्मचारीहरूको हाजिरीका लागि बिहान सवा ८ बजे र अपराह्न पौने चारबजेको हाजिरीलाई मात्र मान्यता दिइने जनाइएको छ ।
प्रयोगशालाको सेवा पनि बिहान ७ बजेदेखि नै सुरु हुने छ । खाली पेटमा जाँच गर्नुपर्ने खालका बिरामीको सहजताका लागि बिहानैदेखि सेवा सुरु गरिएको छ । गत असार ८ गतेदेखि ७ सयवटा जनरल बेड अस्पतालमा निःशुल्क छ
तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेको थियो।
एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।
एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउनसमेत आग्रह गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस