गाउँ सहर
वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु
- गाउँ सहर संवाददाता
- १८ भदौ सोमबार, २०८० | १२:५०:०० मा प्रकाशित
काठमाडौँ । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।
मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए । उनले भने, ‘आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हुँ, म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।’
हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए । उनले भने, ‘उनी को हुन् भन्ने थाहा छैन, उनको शव बेवारिसे अवस्थामा छ ।‘
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस