स्वास्थ्य
काेराेनाका सक्रिय संक्रमित १० हजार २०१, नयाँ ६६६ थपिए, ९७.३ प्रतिशत निकाे
- गाउँ सहर संवाददाता
- ९ कार्तिक मंगलबार, २०७८ | १६:१३:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार ३७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २० जनाको परीक्षण गर्दा नयाँ ६६६ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ६२२ छन् । याे ९७.३ प्रतिशत हाे । योसहित कुल निको हुनेको संख्या ७ लाख ८८ हजार ६३० पुगेको छ ।
देशमा सक्रिय संक्रमितको संख्या १० हजार २९६ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६७ लाख माथि पुगेको छ । पछिल्लो दिन ७३ हजार ४२७ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.५ प्रतिशत रहेको छ ।
अहिले ५०० बढी संक्रमित हुने जिल्ला ४ रहेका छन् । १० जिल्लामा २०० माथि संक्रमण छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस