अमेरिकाले नेपाललाई पठाएको एक लाख डाेज फाइजर खोप काठमाडाैं आइपुग्याे
- गाउँ सहर संवाददाता
- ८ कार्तिक सोमबार, २०७८ | ११:२७:०० मा प्रकाशित

काठमाडाैं । अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो ।
अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ ।
फाइजर खोप नेपालमा पहिलोपटक आएको हो। यसअघि एस्ट्राजेनेका–कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप नेपालमा लगाइएको थियो।
दुई मात्रा लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका र दीर्घ रोगीले पनि लगाउन मिल्छ । यसको प्रभावकारिता ९५ प्रतिशत छ। थोरै मात्रा आएकाले अहिलेलाई फाइजर खोप दीर्घ रोगीलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अमेरिकाबाट फाइजर खोपको ६० लाख मात्रा ल्याउने तयारी रहेको र त्यो आएपछि बालबालिकालाई खोप दिइने मन्त्रालयले जनाएको छ ।
यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस