दाेहाेराे अंकले बढ्यो नेप्से, कारोबार रकममा भने सुधार हुन सकेन
- गाउँ सहर संवाददाता
- ७ कार्तिक आइतबार, २०७८ | १५:३०:०० मा प्रकाशित

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार भने दोहोरो अंकको वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा २७.५१ अंकले वृद्धि हुँदा २५८४.५२ अंकमा बन्द भएको छ ।
बजार परिसूचकमा वृद्धि भए पनि कारोबार रकममा भने सुधार हुन सकेन । आज नेप्सेमा ५८ लाख १८ हजार २५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । आज नेप्सेसँगै व्यापारबाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।
आज नेप्सेमा कारोबारमा आएका मध्ये बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ भने मेरो माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
आज कारोबार भएका मध्ये आईसीएफसी फाइनान्सको सर्वाधिक १५ करोड ९१ लाख ८७ हजार, एनआईसी एशिया बैंकको नौ करोड ३५ लाख १९ हजार र अरुण भ्याली हाइड्रोपावरको आठ करोड ६४ लाख ६१ हजारको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस