वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाए, बढी पहिराेमा मात्र १६१
- गाउँ सहर संवाददाता
- ७ कार्तिक आइतबार, २०७८ | ०७:३७:०० मा प्रकाशित

काठमाडौँ । यसै वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् ।
सबैभन्दा बढी पहिराेमा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ ।
भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महमारीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० मध्ये पहिरामा ४२ र बाढीमा ३७ जना परेका छन् ।
प्राधिकरणका अनुसार उक्त अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन् । कूल एक हजार २८४ जना घाइते भएको विवरण छ । कूल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने रु एक अर्ब बढीको क्षति भएको छ । पछिल्लो वर्षाका कारण मात्रै १११ जनाले ज्यान गुमाएका छन् भने ३५ बेपत्ता रहेका छन् । मनसुनको अवधिमा १३६ जनाले ज्यान गुमाएका थिए । यसपाली बेमौसमको वर्षाले झन ठूलो क्षति गराएको छ ।
मनसुनको समयमा समेत १५ प्रतिशत बढी पानी परेको थियो । अहिलेको वर्षाले भने लगाएको धानखेतीमा ठूलो क्षति गराएको गृह मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस