न्यादी हाइड्रोपावरको शेयर ९ प्रतिशत आवेदकले मात्रै पाए, २० लाख ३१ हजारको हात खाली
- गाउँ सहर संवाददाता
- ५ कार्तिक शुक्रबार, २०७८ | ११:०३:०० मा प्रकाशित
काठमाडाैं । न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।
सो शेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० कराेड ८९ लाख १५ हजार रूपैयाँ बराबरकाे शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ४४२ आवेदन रद्द भएका छन् भने ३ हजार ५०४ सि-आस्वाले अस्वीकृत गरेकाे छ । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा साे शेयर बाँडफाँट गरिएकाे हाे । शेयर नपाउने कुल सदर आवेदकको ९०.६६ प्रतिशत छन् भने कुल सदर आवेदकको ९.३४ प्रतिशतले मात्र शेयर पाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस