न्यादी हाइड्रोपावरको शेयर ९ प्रतिशत आवेदकले मात्रै पाए, २० लाख ३१ हजारको हात खाली
- गाउँ सहर संवाददाता
- ५ कार्तिक शुक्रबार, २०७८ | ११:०३:०० मा प्रकाशित

काठमाडाैं । न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।
सो शेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले २ अर्ब ७० कराेड ८९ लाख १५ हजार रूपैयाँ बराबरकाे शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ४४२ आवेदन रद्द भएका छन् भने ३ हजार ५०४ सि-आस्वाले अस्वीकृत गरेकाे छ । स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा साे शेयर बाँडफाँट गरिएकाे हाे । शेयर नपाउने कुल सदर आवेदकको ९०.६६ प्रतिशत छन् भने कुल सदर आवेदकको ९.३४ प्रतिशतले मात्र शेयर पाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस