अर्थतन्त्र

बजार ६० अंकले उक्लिएपनि लगानीकर्तामा उत्साह देखिएन

काठमाडाैँ । बुधबार सेयर बजारमा ६० दशमलव ५६ अंककाे वृद्धि भएकाे छ । नेप्से २ हजार ५७१ दशमलव ६६ पुगेकाे छ ।

बजारमा २ अर्ब ६७ कराेड ९ लाख २८ हजार १५५ काे सेयर काराेबार भएकाे छ । यस्तै सूचक ४८४. शुन्य ५ पुगेकाे छ ।

बुधबारकाे बजारमा अधिकांस कम्पनी हरियाे भएका छन् ।

मंगलबार  नेप्से परिसूचक ७७.३३ अंकले घटेर  २५१०.७३ बिन्दुमा अडिएको थियो । आजको कारोबारमा पनि ६ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । बुधबार आँखुखोला जल विद्युत कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तै, युनिभर्सल पावर, मैलुङ खोला जलविद्युत कम्पनी, नेशनल हाइड्रो पावर, सिएचडिसी जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ ।

 

गाउँ सहर संवाददाता