अर्थतन्त्र

बजारमा ७७ अंककाे पहिराे, काराेबार रकम ४ अर्ब पुगेन

काठमाडाैँ । मंगलबार सेयर बजारमा ७७ दशमलव ३३ अंककाे पहिराे गएकाे छ । नेप्से परिसूचक २५ सय १० दशमलव ७३ मा झरेकाे छ ।

नेप्सेकानुसार मंगलबार ३ अर्ब ७८ कराेड ३४ लाख २२ हजार ९९५ काे काराेबार भएकाे छ ।

नेप्सेमा वाणिज्य बैंकहरुले अस्वभाविक रुपमा निक्षेपमा बढाएको ब्याजदरको प्रभाव देखिन थालेको विश्लेषकहरूले बताएका छन् ।

दशैंपछिको पहिलो दिनको कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेता पनि हिजो देखि लगातार नेप्सेमा गिरावट आउन थालेको छ ।

बजार घटेसंगै लगानीकर्ता निराश देखिएका छन् ।

गाउँ सहर संवाददाता