दशैंको विदापछिकाे दोस्रो कारोबार दिन शेयरबजार राताम्मे
- गाउँ सहर संवाददाता
- १ कार्तिक सोमबार, २०७८ | १६:११:०० मा प्रकाशित

काठमाडाैं । दशैंको विदापछि अर्थात साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार राताम्मे भएको छ ।
सोमबार नेप्से परिसूचक ६८.९० अंकले घटेर २५८८ अंकमा सीमित भएको छ । यस दिन २१८ कम्पनीको ४० हजार ४०१ पटकको कारोबारमा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपैयाँ बराबरको ८७ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो दिन जम्मा १० वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै २०६ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।
यो दिन उपसमूहतर्फ ट्रेडिङबाहेक सबैमा गिरावट देखिएको छ ।
यो दिनको कारोबारमा घलेम्दी हाइड्रोपावर कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, युनाइटेड मोदी हाइड्रोपावर, कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनीलगायतका कम्पनीको सेयर मूल्य पनि घटेको छ ।
कात्तिक महिनाको पहिलो कारोबार दिन अधिकांश बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । गत महिनाको तुलनामा बैंकहरुको ब्याजदर बढेको छ। बजारसँग नकारात्मक सम्बन्ध गरेको ब्याजदर बढेपछि यस दिन बजार घट्न पुगेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस