नमूना परीक्षण १ हजार ७७३, नयाँ संक्रमित १४७, डिस्चार्ज ८४५, २०० बढी संक्रमित जिल्ला बढ्याे
- गाउँ सहर संवाददाता
- ३० असोज शनिबार, २०७८ | १६:४०:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २७८ पुगेको छ । याे पछिल्लाे समयकाे कम मृत्युकाे रेकर्ड नै भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७३ जनाको परीक्षण गर्दा नयाँ १४७ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ४ हजार ६५२ र एन्टिजेनबाट ९३ हजार ३४५ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ८४५ छन् । जुन ९७.०३ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ८० हजार ७७६ पुगेको छ ।
अहिले ३०७ संक्रमित आइसियू र ९७ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या ११ हजार ५४४ र १ हजार ५४ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६९ हजार १५९ पुगेको छ । पछिल्लो दिन कसैले खोप लगाएका छैनन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३८०.१ रहेको छ ।
अहिले ४ जिल्लामा ५०० बढी संक्रमण र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस