टाढा-टाढाका मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदै
- गाउँ सहर संवाददाता
- ३० असोज शनिबार, २०७८ | ०६:४९:०० मा प्रकाशित

काठमाडौं । मान्यजनको हातबाट दसैंको टीका लगाउने जाने आउने क्रमकाे चहलपहल आज पनि छ । .शुभ साईतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम पूर्णिमासम्म रहन्छ ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ ।
बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दसैंलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।
टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरूको चहलपहल बढ्न थालेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस