कोरोनाभाइरसबाट अहिलेसम्म विश्वमा २४ करोड ३ लाख बढी संक्रमित, नेपालको अवस्था सुध्रियो
- गाउँ सहर संवाददाता
- २९ असोज शुक्रबार, २०७८ | ०६:१७:०० मा प्रकाशित

काठमाडौँ । विश्वमा कोरोनाले २४ करोड ३ लाख बढी संक्रमित हुँदा रोग जित्ने २१ करोड ७६ लाख माथि पुगेको छ । तर ४८ लाख ९६ हजार ६३२ जनाले भने ज्यान गुमाएका छन् ।
इन्फोका अनुसार सक्रिय संक्रमितमध्ये ८१ हजार १६६ को अवस्था एकदमै गम्भीर छ । जुन ०.५ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा विश्वभर थप ७ हजार ३४६ जनाको मृत्यु भएको छ । ४ लाख ३३ हजार ५५ नयाँ सक्रमित थपिएका छन् भने ३ लाख ९३ हजार ६०४ निको भएका छन् ।
नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २१४ जनाको परीक्षण गर्दा नयाँ ४५५ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ४ हजार २७६ र एन्टिजेनबाट ९३ हजार ३१३ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ८०४ छन् । जुन ९६.९ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७९ हजार १५४ पुगेको छ ।
अहिले ३१० संक्रमित आइसियू र १०५ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १२ हजार ७९१ र १ हजार ६२ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६९ हजार १५९ पुगेको छ । पछिल्लो समय ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७९.८ रहेको छ । अहिले ६ जिल्लामा ५०० बढी र १७ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस