टीका लगाएर आशिर्वादसँगै दक्षिणा, पाएकाे रकम के गर्ने - कसरी उपयाेग गर्ने ?
- गाउँ सहर संवाददाता
- २७ असोज बुधबार, २०७८ | ०९:०५:०० मा प्रकाशित
काठमाडौँ । काेराेना कहरबीचकाे दाेस्राे दशैं । खासै उल्लास त छैन किनकी धेरैकाे घरमा पीडा छ । भर्खरैका सडक दुर्घटनाले दुःख झन थपेकाे छ ।
तरपनि चाड मनाउनु वाध्यता र परम्परा हाे । चाडवाडमा आफूभन्दा ठूलासँग टीका लगाएर आशिर्वादसँगै दक्षिणा पनि दिने चलन छ हाम्रो समाजमा ।
दक्षिणाको अर्थ गुरुलाई सम्मानस्वरुप दिने भेटी अथवा यज्ञ श्राद्ध र धार्मिक कार्यसँग जोडिएर दिने धनलाई हामी दक्षिणा भन्छौँ, यसरी नै परिभाषित गरिएको छ ।
‘आयु द्रोण सुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, ऐश्वर्य नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भवतां कीर्तीश्च नारायणे ।’
(ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठरको जस्तो सत्यवचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस्) दशैंमा पुरुषलाई दिइने आशीर्वाद हो यो ।
त्यस्तै महिलाका लागि भने देवी स्वरूप बन्नु भन्ने कामना गर्दै आशीर्वाद दिने चलन छ ।
‘जयन्ती मंगलाकाली
भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवधात्री
स्वाहा स्वधा नमोस्तुते ।’
(संसारलाई नै जित्न सक्ने सामथ्र्य राख्ने देवीझैँ जसले हरेक अन्धकारमा ज्योति छर्न सक्छिन्, हरेक दुःख निदान गर्ने समयभन्दा बलवान देवी जसले मानव खप्परको माला लगाउँछिन्, त्यस्ती देवीलाई नमन गर्दछु ।)
मान्यजनबाट टीका थाप्दा दशैंमा हिन्दू धर्मावलम्बीले टीका, पहेँलो जमरा र आशीर्वाद पाउने गर्छन् । त्यत्ति मात्र होइन, छोरीचेली, ज्वाइँ, भाञ्जाभाञ्जीलगायतले त दक्षिणा समेत पाउँछन् । नेपाली समाजमा चाडवाड र दक्षिणा एक–अर्काको पर्यायजस्तै बन्न थालेका छन् ।
दक्षिणाको प्रचलन
भारतवर्षको गुरुकुलमा विद्यार्थी जब पढ्न जान्थे त्यतिबेला उसको परिवारको सेवा गर्दथे अथवा यदि सम्पन्न परिवारका भए केही शुल्क दिएर विद्या प्राप्त गर्दथे । प्रायः दिनेवाला कम संख्यामा हुन्थे र अधिकांश सेवासुश्रूणबाटै विद्या प्राप्त गर्दथे । यस्ता विद्यार्थी आफ्नो शिक्षा समाप्त गरेर जब घर जाने समय आउँथ्यो तब गुरुको सम्मान र श्रद्धास्वरुप केही भेटी अर्पित गर्दथे जसलाई दक्षिणा भनिन्थ्यो ।
पछिपछि गुरुदक्षिणाको नजिर नै बन्यो र अत्यन्त गरिब विद्यार्थीपनि केही न केही दक्षिणा दिन थाले । दक्षिणालाई विद्यानमा आवश्यक रुपबाट वैद्य मानिएको छ । पढ्ने विद्यार्थीले स्वेच्छाले दिने द्रव्य, फल, पुष्प र मिष्ठान्न र दक्षिणासहित गुरुको पूजा गर्ने गर्दछन् । कालिदासले पनि कैत्सका गुरु वरतंतुलाई दक्षिणा दिएको कथा हामीले पढेका छौँ जुन कुरा रघुवंश, पण्चम्, २०-३० पानामा छ ।
योसँगै अर्को जान्नैपर्ने कुरा, दक्षिणा धार्मिक क्रियाकलापको सम्बन्धसँगपनि जोडिन्छ । यज्ञ बिना दक्षिणाको पूर्ण नहुने र उसकाे कुनै फल हुँदैन । यज्ञ पूर्ण भएपछि ब्राम्हण र पुरोहितलाई तुरुन्त दक्षिणा दिइन्छ र उसलाई कुनैपनि अवस्थामा बाँकी राखिँदैन । बाँकी राख्यो भने समयको अनुपातबाट बढ्दै जान्छ । दक्षिणा नदिने ब्रह्मस्वापहारी, अशुचि, दरिद्र, पातकी, व्याधियुक्त तथा अन्य अनेक कष्टबाट ग्रस्त हुन्छ । उसको लक्ष्मी हराउँछिन्, अधोगति मिल्नेछ भनेर ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा चर्चा गरिएको पाइन्छ ।
यज्ञको दक्षिणा नदिने राजा हरिश्चन्द्रलाई विश्वामित्रले दण्डित गरे, यो कथा पुराणमा, मार्क अध्यायको पाना ७-८ मा चर्चा गरिएको छ । यसैकारण आजपनि हाम्रो समाजमा धार्मिक कार्य, यज्ञ र सांस्करिक अवसरमा मुख्य पक्षको रुपमा राखिएको छ । दक्षिणा स्वर्ण, रजत, सिक्का, अन्न, वस्त्र आदिको रुपमा दिने गरिन्छ । यजमानको श्रद्धा तथा वित्तीय स्थितिनुसार थोर-बढी हुनसक्छ । दक्षिणाको सम्बन्ध धार्मिक भाव उत्पन्न गर्ने सिलसिलामा दक्षिणाको यज्ञ पुरुषबाट स्त्रीको रुप हुँदै देवकथाको विकासक्रम भएको ब्रह्मवै, प्रकृतिको ४२ औँ पानामा उल्लेख गरिएको छ ।
दक्षिणालाई पछिल्लो समय वस्तुवादी बनाइएपनि परम्परालाई निरन्तरता दिइरहनु पनि चाडको आफ्नै मौलिकता बाँकी रहनु भएको जानकारहरु बताउँछन् ।
दक्षिणाको उपयोग
चाडवाडमा दक्षिणा अब हाम्रो परम्परा नै भइसक्यो, न टार्न सक्छौँ न बिर्सन नै । यसकारण मान्यजन, ठूलावडाको आशिर्वादसँगै प्राप्त गरिने दक्षिणाको सहि उपयोगमा लगाउनु नै वुद्धिमानी हुने अभिभावकहरु बताउँछन् ।
तर, वर्तमान पुस्ताको सोच अलि उत्तरआधुनिक भएको हुनाले पनि दक्षिणाको बेप्रयोग बढेको उनीहरुको तर्क छ । बालबालिका तथा युवालाई कुरा बुझाउन सकेको खण्डमा सानो दक्षिणाले पनि भविश्यमा बचत बानीसँगै जुगाड गर्ने बानी बसाउन सकिने मानवशास्त्रीहरू बताउँछन् ।
हो पनि, तपाईं रक्सी खाएर, तास-जुवा खेलेर दक्षिणाको बेप्रयोग गर्दैहुनुहुन्छ भने त्यो गलत छ । यसको उपयोगमा कुनै बैँकमा बचत, बीमा वा कुनै कम्पनीका शेयरमा सो रकम थपथाप गर्न सक्नुहुन्छ । पैसाको बचत बैँकमा, जीवनको बीमा जस्ता पछिल्लो समयमा अपरिहार्य बन्दै गएको क्षेत्रमा लगानी गर्न सकिन्छ ।
जाेहाे गर्न सकिए मात्र महामारीजस्तामा काम लाग्ने हुनाले पैसाकाे वचत गराैँ । दशैंकाे शुभकामना ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस