लेखनाथ वचत तथा ऋण सहकारीको अध्यक्षमा हरिबहादुर जिसी
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | २१:०६:०० मा प्रकाशित

लेखनाथ । लेखनाथ वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हरिबहादुर जिसी चयन भएका छन । सहकारीको १३ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट जिसी सर्वम्मत अध्यक्षमा चयन भएका हुन् ।
सहकारीको छैटौं अधिवेशनले उपाध्यक्षमा विश्वप्रकाश बराल सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा शिवप्रसाद भण्डारीलाई चयन गरेको छ । यसै गरी सदस्यहरुमा प्रकाशलाल श्रेष्ठ, विष्णुकुमारी लामिछाने, रामबहादुर गुरुङ, विकास सापकोटा, सम्झना लामिछाने, राममाया परियार र रुपाकला श्रेष्ठ रहेका छन् ।
भुवनराज लामिछाने संयोजक तथा रामचन्द्र दहाल र खिमनाथ शर्मा रहेको लेखा समिति गठन गरिएको छ भने निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सोमबार नै निर्वाचन संयोजक निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नारायणप्रसाद बरालले सहकारीहरुले उत्पादनमुखी कार्यक्रममा लाग्न सुझाव दिए । कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छबिलाल लामिछाने, महिला उपाध्यक्ष अम्बिका आचार्य, अर्घाै कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतले समयअनुसार प्रविधिको प्रयोग गर्दै गुणात्मक सेवा दिनुपर्नेमा जोड दिएका थिए ।
सहकारीका ज्येष्ठ सदस्यहरु माधवप्रसाद अधिकारी र मंगली लामिछाने, बाल वचत तर्फ सन्दिप पौडेल र असल कारोबारकर्ता टेकमाया भण्डारीलाई सम्मान गरिएकोे उक्त कार्यक्रमको अध्यक्षता खडानन्द लामिछानेले र सञ्चालन सचिव लेखनाथ सापकोटाले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस