लेखनाथ वचत तथा ऋण सहकारीको अध्यक्षमा हरिबहादुर जिसी
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | २१:०६:०० मा प्रकाशित
लेखनाथ । लेखनाथ वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हरिबहादुर जिसी चयन भएका छन । सहकारीको १३ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट जिसी सर्वम्मत अध्यक्षमा चयन भएका हुन् ।
सहकारीको छैटौं अधिवेशनले उपाध्यक्षमा विश्वप्रकाश बराल सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा शिवप्रसाद भण्डारीलाई चयन गरेको छ । यसै गरी सदस्यहरुमा प्रकाशलाल श्रेष्ठ, विष्णुकुमारी लामिछाने, रामबहादुर गुरुङ, विकास सापकोटा, सम्झना लामिछाने, राममाया परियार र रुपाकला श्रेष्ठ रहेका छन् ।
भुवनराज लामिछाने संयोजक तथा रामचन्द्र दहाल र खिमनाथ शर्मा रहेको लेखा समिति गठन गरिएको छ भने निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सोमबार नै निर्वाचन संयोजक निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नारायणप्रसाद बरालले सहकारीहरुले उत्पादनमुखी कार्यक्रममा लाग्न सुझाव दिए । कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छबिलाल लामिछाने, महिला उपाध्यक्ष अम्बिका आचार्य, अर्घाै कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतले समयअनुसार प्रविधिको प्रयोग गर्दै गुणात्मक सेवा दिनुपर्नेमा जोड दिएका थिए ।
सहकारीका ज्येष्ठ सदस्यहरु माधवप्रसाद अधिकारी र मंगली लामिछाने, बाल वचत तर्फ सन्दिप पौडेल र असल कारोबारकर्ता टेकमाया भण्डारीलाई सम्मान गरिएकोे उक्त कार्यक्रमको अध्यक्षता खडानन्द लामिछानेले र सञ्चालन सचिव लेखनाथ सापकोटाले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस