सनराईजको रक्तदानमा ४३ युनिट रगत संकलन
- गाउँ सहर संवाददाता
- २४ असोज आइतबार, २०७८ | २०:३३:०० मा प्रकाशित
लेखनाथ ।सनराईज क्लव पोखरा २६ ले आप्mनो साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा आइतवार राखेको चौथो खुल्ला रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ ।
सिर्जना महिला समूह भवन परिसर अघौंमा राखिएको रक्तदानमा वडा नं २६ का वडासदस्य रामकृष्ण जिसीले पहिलो रक्तदाता क्लवका सदस्य कमला न्यौपानेलाई बल्ड ब्याग हस्तान्तरण गरी सुरु गरेका थिए ।
कार्यक्रममा बोल्दै वडासदस्य जिसीले स्वच्छ र निरोगी भएर बाच्नका लागि तीन तीन महिनाको अन्तरमा रक्तदान गर्दा राम्रो हुने विचार राखेका थिए ।
रक्तसंचार केन्द पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्व वताएका थिए ।
क्लवका अध्यक्ष राज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष डुलबहादुर पु्नले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष सुर्य न्यौपानेल ेराखेका थिए ।
क्लवको अधिवेशनले डुलबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै उपाध्यक्षमा सूर्य न्यौपाने , सचिवमा बिनोद कार्की, सह-सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा इन्द्रबहादुर पुनलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा ईश्वरी जि सी, शोभादेवी देवकोटा, हरिप्रिया पौडेल, नविन कार्की, शोकमणि सुवेदी, सोमबहादुर गुरुङ्ग र शुकराम विक रहेका छन् । निर्वाचन संयोजक रविन्द्रमोहन अधिकारीले आइतवार नै पदाधिकारीहरुलाई पदभार ग्रहण गराएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस