देशमा काेराेना सक्रिय संक्रमितकाे संख्या अब १५ हजार ६१४
- गाउँ सहर संवाददाता
- २२ असोज शुक्रबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २१० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ ७६४ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ९९७ र एन्टिजेनबाट ९२ हजार ८३९ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने १ हजार ३३ छन् । जुन ९६.७ प्रतिशत हाे । योसहित कुल निको हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ ।
अहिले ३१३ संक्रमित आइसियू र ११३ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १४ हजार ४६१ र १ हजार १५३ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितकाे संख्या १५ हजार ६१४ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ४१ हजार ६३२ पुगेको छ । पछिल्लो समय ४३ हजार ९४१ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसा संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७७.८ रहेको छ ।
अहिले ८ जिल्लामा ५०० बढी संक्रमण र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस