देशमा काेराेना सक्रिय संक्रमितकाे संख्या अब १५ हजार ६१४
- गाउँ सहर संवाददाता
- २२ असोज शुक्रबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २१० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ ७६४ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ९९७ र एन्टिजेनबाट ९२ हजार ८३९ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने १ हजार ३३ छन् । जुन ९६.७ प्रतिशत हाे । योसहित कुल निको हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ ।
अहिले ३१३ संक्रमित आइसियू र ११३ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १४ हजार ४६१ र १ हजार १५३ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितकाे संख्या १५ हजार ६१४ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ४१ हजार ६३२ पुगेको छ । पछिल्लो समय ४३ हजार ९४१ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसा संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७७.८ रहेको छ ।
अहिले ८ जिल्लामा ५०० बढी संक्रमण र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस