अर्थतन्त्र

अब विदेशमा विदेशी मुद्रामा ऋृण लिने प्रयाेजनका लागि बैंक ग्यारेण्टी जारी गर्न सकिने

काठमाडाैँ । विदेशमा विदेशी मुद्रामा ऋृण लिने प्रयाेजनका लागि बैंक ग्यारेण्टी जारी गर्न सकिने भएकाे छ ।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले सूचना निकाल्दै साे कुराकाे जानकारी गराएकाे हाे ।

सूचनामा "तोकिएका शर्त तथा कागजातहरूको आधारमा विदेशमा ऋृण लिने प्रयोजनको लागिसमेत यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट बैंक ग्यारेन्टी जारी गर्न यस बैंकबाट स्वीकृति प्रदान गर्न सकिने व्यवस्था भइ एकीकृत परिपत्र २०७६ को संशोधनबमोजिम गर्नगराउन सूचना जारी गरिएको छ" भनिएकाे छ ।

गाउँ सहर संवाददाता