पदचिन्हमा पार्टीको आकार र प्रभाव बृहत बताउने - नेता लावती
- गाउँ सहर संवाददाता
- १९ असोज मंगलबार, २०७८ | १३:२८:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले संस्थापक नेता पद्मसुन्दर लावतीको पदचिन्हमा पार्टीको आकार र प्रभाव बृहत बताउने कार्यदिशा लिएको छ ।
जिल्ला अधिवेशन सम्पन्न गरेसँगै पाँचथर जिल्ला कार्य समितिले यस्तो नीति अख्तियार गरेको हो । राप्रपाप्रति बढ्दो आकर्षण, पार्टीपंक्तिमा युवाहरुको बढ्दो सहभागितासँगै स्वर्गीय नेता लावतीको नेतृत्वमा खडा भएको आधार संरचनालाई सशक्त बनाउने निर्णय लिइएको हो ।
‘राप्रपाप्रति जनताको आकर्षण बढेर गएको छ । पार्टीको मुद्दाप्रति युवा तरुण र आम समाजको समर्थन बढेर गएको छ । देशको अवस्था, राष्ट्रियताको प्रश्न, भूराजनीतिक स्थिति, संविधान र पद्धति माथिको प्रश्न र नैराश्यता । यी सब कारणले गर्दा, वडादेखि केन्द्रसम्म महाधिवशेन सम्पन्न भएसँगै राप्रपाले देशमा फड्को मार्छ,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भने ।
‘एकताको लागि जित र हार भनेर विभाजनको रेखा कोर्नु हुँदैन, पार्टीलाई एक ढिक्का राख्नु पर्दछ । हार्नेलाई जित्नेले समेटेर लैजानु पर्दछ । प्रजातन्त्रको सौन्दर्य यही हो, हामी यही आदर्श अवलम्बन गर्छौ,’ जिल्ला सह–अध्यक्ष राजकुमार जोशीले भने ।
‘पार्टी र संगठनलाई नियमवद्ध रुपमा, सबैको सम्मान गरेर अघि बढाउनु पर्दछ । बहुलाएर जंगलमा स्याल दौडे जस्तो गरेर हुँदैन । हिजो पद्मसुन्दर लावतीको धोती समाएर फाइदा लुट्ने, पैसा कमाउनेहरुले आज मनपरी बोलेको सुहाउँदैन, जनताले पचाउँदैनन्,’ जिल्ला सदस्य गोपाल राईले भने ।
‘प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढे मात्र पार्टीको संगठन सुढृद हुन्छ । वैकल्पिक प्रजातान्त्रिक शक्ति स्थापना गर्ने लक्ष्य प्राप्ति हुन्छ,’ जिल्ला सदस्य कमल चेम्जोङले भने ।
‘अध्यक्ष त्रयलाई विधान संचालनमा आइपरेको वाधा अड्काउ फुकाउने जिम्मेवारी छ । तीन जना अध्यक्षज्यूहरुले जिल्लामा अध्यक्ष र सह–अध्यक्षको जिम्मेवारी दिनु भएको छ, पारस्परिक परामर्श र समन्वय गरेर संगठन सुदृढ गर्ने निर्देशन दिनु भएको छ । जबकि पाँचथरका केही केन्द्रीय सदस्यहरु नै अध्यक्ष त्रयको निर्णय र निर्देशन विपरीत, विधानमा सह–अध्यक्ष छैन भनिरहेका छन् । पार्टीको, त्रय अध्यक्षको निर्णय नमान्ने, नबुझ्ने केन्द्रीय सदस्यहरुको के काम । दुख लाग्दो अवस्था छ,’ जिल्ला सदस्य कमल कुमार राईले भने ।
‘भाई फुटे गँवार लुटे हुन्छ । नेता जनताले बनाउने हो, आफुखुशी घोषणा गरेर मात्र पुग्दैन । बाँसको बोटमा बाँसै उम्रन्छ, मालिङ्गोको बोटमा मालिङ्गो,’ केन्द्रीय बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य डा. डिल्ली चापागाईले भने ।
‘वार्ता र सम्वादबाट कायम भएको सहमति आरम्भबाटै तोड्ने काम भयो । पार्टीको पद पाउनेबाटै पदको दुरुपयोग भयो । विधि मिच्ने छुट कसैलाई छैन,’ जिल्ला सदस्य योगेन्द्र सिगुले भने ।
प्रदेश सभा समिति (क) का अध्यक्ष पदमदेव केरुङले भने, ‘आफ्नो स्वार्थसिद्ध गर्न कसैले कार्यकर्तालाई झुक्याउँछन् भने त्यो आफ्नै खुट्टामा बञ्चरो हाने सो सरह हुनेछ ।’
कुम्मायक गाउँपालिका अध्यक्ष जगत जंग लावतीले भने, ‘पार्टी र पार्टीका नेताका बारेमा भ्रम र अनर्गल प्रचार गरेको सुनिन्छ । जिम्मेवार नेता, कार्यकर्ताले गर्ने काम होइन यो ।’
जिल्ला परिषद भेलामा युवा कार्यकर्ता नविन दाहाल र स्वर्ण लिम्बूले पार्टी हितलाई केन्द्रमा राखेर विचार प्रस्तुत गरेका थिए ।
जिल्ला अधिवेशनले जिल्ला अध्यक्ष पदमा राज कुमार जोशीलाई निर्वाचित गरेको छ । यस अघि सम्पन्न प्रदेश सभा परिषद भेलाले प्रदेश सभा (क) मा पदमदेव केरुङ र प्रदेश सभा (ख) मा टठ बहादुर घिमिरेलाई प्रदेश सभा अध्यक्षमा निर्वाचित गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस