गाउँ सहर

महिला संघ नवलपरासीको पदस्थापन एवम् सपथग्रहण सम्पन्न

नवलपरासी । नेपाल महिला संघ जिल्ला कार्यसमिति पश्चिम नवलपरासीको तदर्थ समितिको पदस्थापना तथा सपथग्रहण सम्पन्न भएको छ । 

सोमबार परासीस्थित बिपी स्मृति भवन परिसरमा एक कार्यक्रमका बीच महिला संघ जिल्ला कार्य समिती अन्तर्गत संघीय, प्रादेशीक तथा स्थानिय पालिका  लगायतका समितिमा मनोनय गरिएका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापना तथा सपथ ग्रहण गराईएको हो । 

कार्यक्रममा मनोनयन भएका पदाधिकारी एवंम् सदस्यहरुलाई महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्रले सपथ ग्रहण गराएकी थिइन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम्  पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पार्टीमा महिला संघको ईतिहासदेखि वर्तमान अवस्थासम्म महत्वपूर्ण भुमीका रहेको बताए । 

नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद बिनोद चौधरीले  स्थानिय तह, प्रदेश र केन्द्रिय तहसम्म महिलाको उचित ब्यवस्थापनका लागि  पार्टीले पहल गर्नुपर्नेमा जोड दिए  । 

महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्रले पार्टीले हरेक तहमा महिलालाई सवै स्थानमा उचित ब्यवस्थापन गर्नुपर्ने बताइन् ।

महिला संघकी सभापति तारादेवी भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख  आथित्यता यसैगरी पार्टीका केन्द्रिय सदस्य एंवम् प्रतिनिधी सभा सदस्य विनोद चौधरी बिशेष आथित्यतामा सम्पन्न भएको थियो  । 

तपाईँको मत