राइजिङ्ग स्टार युथ क्लवको रक्तदानमा ५३ युनिट रगत संकलन
- गाउँ सहर संवाददाता
- १५ असोज शुक्रबार, २०७८ | २०:५९:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले राखेको १९ औं खुल्ला रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ ।
क्लवको वार्षिक कार्यक्रम अन्तर्गत शक्रवार राखिएको खुल्ला रक्तदानमा पहिलो रक्तदाता जितेन्द्र क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले युवाहरुले समाज परिवर्तनका लागि उदाहरणीय काम गरेर देखाएकामा क्लवको प्रशंसा गर्दै स्थानीय स्तरको विकास निर्माणमा युवाको सहभागीता रहनु सकारात्मक भएको वताए ।
क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, क्लवका कोषाध्यक्ष सागर गुरुङ , कार्यक्रम संयोजक राजकुमार गुरुङ लगायतले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
यसै वर्ष क्लवले कोभिडका समयमा बजारमा देखिएको रगतको अभावलाई पुरा गर्न तीन पटक आकस्मिक रक्तदानको समेत आयोजना गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस