काठमाडौँमा सभा–जुलुस तथा भीडभाड गर्न रोक, काेराेना संक्रमितमध्ये भेन्टिलेटरका बिरामी बढे
- गाउँ सहर संवाददाता
- १४ असोज बिहीबार, २०७८ | १७:४०:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ १ हजार ७८ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट ९१ हजार ५५३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या ९११ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ३५३ जना संक्रमित सघन र ११७ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २३८, होम आइसोलेशनमा रहने १६ हजार ८०२ र संस्थागत आइसोलेशनमा १ हजार ३६६ रहेका छन् ।
देशमा सक्रिय संक्रमण १८ हजार १६८ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९६.३ छ । पूर्ण खोप लगाउनेको संख्या ६२ लाख ८५ हजार ७४० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २ लाख ८९ हजार ३८१ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७५.३ रहेको छ । अझैपनि ९ जिल्लामा ५०० बढी संक्रमित र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनावश्यक रुपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न पुनः रोक लगाएको छ ।
काठमाडौँमा प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा बिहीबार जारी आदेशमा आज राति १२ः०० बजेदेखि लागू हुने गरी सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज गर्न नपाइने उल्लेख छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै अनिवार्य मास्क प्रयोग गर्न, दूरी कायम गर्न तथा घरभित्रै रहेर न्यूनतम सहभागितामा चाडपर्व मनाउन पनि जिप्रकाले आग्रह गरेको छ ।
यस्तै सार्वजनिक यातायातमा निर्धारित सिट संख्या भन्दा बढी यात्रु नचढाउन पनि प्रशासनको आग्रह छ । अर्को आदेश जारी नभएसम्मका लागि यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
आदेश पालना नभए कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
प्रतिकृया दिनुहोस