सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझायाे
- गाउँ सहर संवाददाता
- १० असोज आइतबार, २०७८ | २१:००:०० मा प्रकाशित
काठमाडौँ । चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ ।
समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाँणलाई बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रिपरिषद् बैठकले गत भदौ १६ मा सो सीमा अध्ययनका लागि समिति बनाएको थियो ।
गत भदौ २५ मा १५ दिनको समय लिई टोली हुम्ला प्रस्थान गरेको हो । असोज २ गते अध्ययन टोली काठमाडौं फर्किएर प्रतिवेदन लेखनमा जुटेको थियो । प्रतिवेदनमा उल्लेख गरिएका सुझाव भने गृहले सार्वजनिक गरेको छैन ।
यसैबीच गृहमन्त्री खाँणले प्रतिवेदन गृहसचिव टेकनारायण पाण्डेलाई हस्तान्तरण गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस